काठमाडौँ । संवैधानिक निकायका नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका नवनियुक्त प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेको बताए । हिजै मुद्दा पेश भए पनि दर्ता भने भएको थिएन । ‘हिजै मुद्दा पेश गरेको थिएँ, कागजात नपुगेकोले दर्ता भएन । तर आज भने भएको छ,’ उनले भने ।
संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइबिनै आज सपथ लिएका छन् ।
संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले सपथ खुवाएका थिए ।
