कांग्रेसद्वारा संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोध

काठमाडौँ । नेपाल सरकारले संवैधानिक निकायमा गरेको नियुक्ति तथा सपथ ग्रहणको नेपाली कांग्रेसले विरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारी र सदस्यहरूको शपथप्रति पार्टीको प्रस्ट विमति रहेको र विधि उल्लङ्घनको प्रवृत्तिलाई मान्न नसकिने बताएका हुन् ।

उनले भने, ‘विधि उल्लङ्घनको प्रवृत्तिप्रति हाम्रो प्रस्ट विमति छ । क्रमशः १) संवैधानिक परिषद् सम्बन्धी अध्यादेश २) त्यसपछिको बैठक ३) आजको शपथ ग्रहण, दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरीतको कर्मसाथ सर्वसत्ता उन्मुख प्रवृत्तिविरुद्ध, सङ्घर्ष झनै घनिभूत बनाउनुपर्ने निष्कर्षमा छौँ हामी ।’

आज अख्तियारसहित संवैधानिक निकायका पदाधिकारीलाई शितल निवासमा सपथ ग्रहण गराइएको थियो । संवैधानिक परिषद र संवैधानिक निकायमा भएको सिफारिसको विवाद यथावस्थामै रहिरहँदा सरकारले संवैधानिक आयोगको नियुक्तिलाई पूर्णता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *