काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासीको समाधानका लागि सरकार तयार रहेको बताएका छन्। नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीद्वारा आज काठमाडौंमा आयोजित राष्ट्रिय भेला तथा बैठकलाई सम्बोधन गर्दै ओलीले सुकुम्बासीको समस्या समाधान नगरी देश अघि बढ्नै नसक्ने बताएका हुन्।
नेकपाका अध्यक्षसमेत रहेका ओलीले माधवकुमार नेपालले हालै शेरबहादुर देउवालाई भेटेको प्रसंग उ्रल्लेख गर्दै रामको अगाडि हनुमानले घुँडा टेकेझैँ गरेको टिप्पणी गरेका छन्।
‘अस्ति केही दिनअघि माधव नेपाल शेरबहादुरजीकहाँ पुगेर रामको अगाडि हनुमानले घुँडा टेकेझैँ गरेका थिए, अबको दुई वर्ष तपाईं नै प्रधानमन्त्री हो, प्रधानमन्त्री खानुहोस् लेखेर दिन्छौँ भनेछन्, ओलीले प्रश्न गर्दै भने, ‘अनि बाहिर निस्केर क्रान्तिका गफ गरेछ्न्।’
सर्वाहार र कम्युनिष्ट पार्टीको सरकार ढाल्ने अनि अन्त गएर घुँडा टेकेर प्रणाम गरेर, लिखित दिन्छु, ल्याप्चे लाउँछु भन्ने प्रधानमन्त्री ओलीको टिप्पणी थियो।
