USAID

महिला लिगमा आर्मीको फराकिलो जित

  • 272
    Shares

प्रज्जवल थापा । राष्ट्रिय महिला लिग अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी फूटबल क्लबले फराकिलो जित निकालेको छ । बुधबार दिउँसो भएको खेलमा आर्मीले चौदण्डीगढी नगरपालिकालाई १२-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापाले ५ गोल गरिन् । यस्तै सपना लामाले दुई गोल गर्दा अन्जली वाइवा, बिमला चौधरी, बिमला विक, हेमा चौधरी र रश्मि घिसिङले एक/एक गोल गरिन् ।

जितका बाबजुद आर्मी ६ खेलमा १३ अङ्क जोड्दै दोस्रो स्थानमा यथावत छ । लिगमा अपराजित रहेको एपिएफ १८ अङ्कको साथ शिर्ष स्थानमा छ । चौदण्डीगढीले भने लिगमा अङ्कको खाता खोल्न सकेको छैन ।

तस्बिर:- एन्फा


  • 272
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *