USAID

म्याड्रिडका अध्यक्ष पेरेजलाई कोरोना संक्रमण पुष्टि


प्रज्जवल थापा । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्लबले वेबसाईट मार्फत उक्त कुराको जानकारी दिएको हो ।

संक्रमण पुष्टि भएसँगै पेरेज होम आइसोलेसनमा बसेका छन् । उनमा कुनै लक्षण नदेखिएको क्लबले जनाएको छ । दुई हप्ता अगाडि म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । जसको कारण उनले आल्भेस र लेभान्टे विरुद्धको खेल गुमाएका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *