बलात्कार गरेको आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

भद्रपुर । भद्रपुर नगरपालिकाका एक पुरुष बुहारीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–६ की २२ वर्षीया महिलाले आफ्नै ससुरा ५९ वर्षीय पुरुषले बलात्कार गरेको जाहेरी दिएपछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले बताए ।

माघ १५ गते घरमा कोही नभएको मौका छोपी ती पुरुषले आफूलाई बलात्कार गरेको भनी पीडित महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन् । वडा प्रहरी कार्यालय भद्रपुरले आरोपीलाई सोमबार बेलुका घरबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा पठाएको हो ।

जाहेरीका आधारमा प्रहरीले ससुरामाथि जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *