टोक्यो । जपानको एउटा ब्रुअरीले क्यानमा छापिएको एक हिज्जे गल्तीको कारण आफ्नो वियरको पछिल्लो उत्दपादनको वितरण कार्य नै रोकेको छ । तर ग्राहकहरुले सो वियर उपभोग गरिदिने बताएपछि बल्ल कम्पनीले तिनीहरुको वितरण थालेको छ ।
साप्पोरो ब्रअरीको नयाँ काइताकुसी वियर जापानको बजारमा ठूलो चेन रहेको फेमिली मार्टका स्टोरहरु मार्फत बिक्रि प्रारम्भ गर्ने कार्यक्रम क्यानमा गलत हिज्जे छापिएकै कारण अचानक रोकिएको थियो । दि साउथ चाइना मर्निंग पोस्टका अनुसार लागरको हिज्जे ‘ एलएजिइआर ’ हुनुपर्नेमा ‘ एलएजिएआर ’ छापिन पुगेको थियो । वियरको क्यानमा अंग्रजी र जापानी दुवै भाषा प्रयोग गरिएको छ ।
ब्रुअरीले सो गल्ती ठम्याउनु अघि नै ठूलो परिमाणमा क्यान उत्पादन भइसकेको थियो । साप्पोरोका प्रतिनिधि जुन्को फुकोचीले यो त्रुटीबाट कुनै कानुनी अडचन आइ नपर्ने भएपनि डिजाइन पक्कै लज्जास्पद ठहर भएको जानकारी गराएका थिए ।
२ फ्रेब्रुअरी देखि यसको बिक्री वितरण शुरु हुने भएको छ । ६ प्रतिशत अल्कोहलको मात्रा रहेको यो वियर सन् १८९७ देखिको पुरानो जापानी शैलीमा उत्पादन गरिएको हो । यसको एक क्यानको मुल्य २ अमेरिकी डलर भन्दा कम रहेको छ ।
जापानी वियरमा हिज्जे गल्ती
