नगरबासीको गुनासा सुन्न एप्स सञ्चालन

ललितपुर । ललितपुर महानगरपालिकाभित्रका समस्या, गुनासो र आवश्यकताहरु नगरवासीले एप्समार्फत जानकारी गराउन सक्ने भएका छन् ।
क्यापिटल आईले तयार पारेको ‘एलएमसी सिटी पुलिस’ एप्समार्फत नगरवासीले नगरभित्रका समस्या, गुनासो र आवश्यकताबारे जानकारी गराउन सक्ने भएका हुन् ।
उक्त एप्सको सोमबार महानगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका थिए । एप्सबाट नगरबासीले नगरमा भइरहेको बेथिति, नियमविपरीत भइरहेका कामहरु, समस्याहरु सिधैं महानगर प्रहरीसमक्ष पु¥याउन सक्नेछन् । विवरण दिनेहरुको परिचय गोप्य रहने व्यवस्था मिलाइएको छ ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले यो एप्सले ललितपुर महानगरको सम्पत्ति भएको बताउँदै स्मार्ट शहरको एक तत्व भएको स्पष्ट पार्नुभयो । उनले महानगरभित्रका समस्या प्रविधिमार्फत प्राप्त हुने भएकाले समाधान छिटो बताए ।
प्रविधिमैत्री युग भएकाले यो प्रभावकारी हुने उनको धारणा थियो ।नगरबासीले गोप्य रुपमा एप्स माध्यमबाट गुनासो, सल्लाह, सुझाव तथा समस्याका बारेमा फोटोसहित सूचना दिन सक्ने क्यापिटल आईका शिरीष कर्माचार्यले बताए । प्रविधिको प्रयोग गरेर नगरबासीले समस्याको बारेमा जानकारी गराउने र सूचना प्रदान गर्ने भएकाले यो प्रभावकारी हुने नगर प्रहरी प्रमुख सीताराम हाछेथूले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *