नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने षडयन्त्र भइरहेको छ : माधवकुमार नेपाल

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा विवादमा कसैलाई आधिकारिकता नदिने र चुनाव चिन्ह सूर्य पनि फ्रिज गर्ने षडयन्त्र भइरहेको बताएका छन्।

सोमबार राजधानीको कार्की ब्यांकेटमा बसेको उक्त समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो षडयन्त्रले चुनौती थपिएको बताए।

अर्को समूहको नेतृत्वको गरिरहेका केपी शर्मा ओलीसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको उल्लेख गर्दै नेपालले आफूहरूलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

यसअघि निर्वाचन आयोगले ओली समूहले बनाएको १५ सय सदस्यीय केन्द्रीय समिति र प्रचण्ड-नेपाल समूहले नेपाललाई बनाएको अध्यक्षलाई अमान्य भनिदिएको थियो।

आजको बैठक केन्द्रीय सदस्यहरूको मागबमोजिम बसेको नेपालले बताए। ओली समूहले विधानमा केन्द्रीय समिति बैठक महासचिवले बोलाउनु पर्ने भएकाले आज कुनै बैठक नभएको बताएको थियो।

नेता नेपालले पार्टीमा दुई अध्यक्षबीच एक स्थायी कमिटीदेखि अर्को स्थायी कमिटीसम्मका बैठकहरू एक जनाले अध्यक्षता गर्ने सहमति भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *