USAID

एपिएफको फराकिलो जितमा साम्बा एक्लैले गरिन् १२ गोल

  • 348
    Shares

प्रज्जवल थापा । स्टार स्ट्राइकर सावित्रा भण्डारी “साम्बा” एक्लैले १२ गोल गरेको खेलमा विभागिय टोली एपिएफले फराकिलो जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा एपिएफले चौदण्डीगढी नगरपालिका उदयपुरलाई २२-० गोल अन्तरले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफलाई जित दिलाउन सावित्रा भण्डारी एक्लैले १२ गोल गर्दा अनु लामाले ५, अनिता बस्नेतले ३, सरु लिम्बू र रेनुका नगरकोटीले १/१ गोल गरिन् । एपिएफले पहिलो हाफमा १२ र दोस्रो हाफमा १० गोल गरेको थियो । एपिएफकी सवित्राले पाचौं, ३२, ३३, ३४, ३८, ४८, ५५, ६२, ६३, ७१, ७९ र ९०+५ औं मिनेटमा गोल गर्दै १२ गोल गरिन् ।

यस्तै कप्तान अनु लामाले ११, १४, २०, २६, ६५ औं मिनेटमा गोल गरिन् । अनिता बस्नेतले आठौं, ५० औं र ६८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । यस्तै सरु लिम्बूले १८ औं र रेनुका नगरकोटीले ३१ औं मिनेटमा गोल गरिन् ।

जितसँगै एपिएफले आफ्नो अपराजित यात्रालाई छैटौं खेलसम्म लम्ब्याएको छ । हाल एपिएफ ६ खेलमा १८ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । एपिएफले प्रतियोगितामा अहिलेसम्म कुनै गोल बेहोरेको छैन ।

तस्बिर:- एन्फा


  • 348
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *