अन्य मुलुकबाट आउने नागरिकले आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने

काठमाडौँ । नयाँ ‘भेरियन्ट’ भाइरस भएको मुलुकबाट नेपाल आउने नागरिकले आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । ‘भेरियन्ट’ भाइरस भएको मुलुक वा भाइरस भएको मुलुक वा ती मुलुकमा ट्रान्जिट भएर आउने कुनै पनि देशका नागरिकले नेपाल सरकारले सूचिकृत गरेको होटलमा क्वारेन्टाइनमा बस्नुपर्ने भएकाे हाे ।

हवाई मार्गबाट नेपाल आउने सबै यात्रुले यात्रा सुरू गरेकाे देशको आधिकारिक प्रयोगशालामा गरिएकाे कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट साथमा ल्याउनुपर्नेछ।

नेपाल आगमन गर्ने यात्रुले यात्रा गर्नुअघि आफूले यात्रा गर्ने मिति तथा हवाइ उडान सम्बन्धि विवरण सम्बन्धित नेपाली कुटनीतिक नियोगलाई जानकारी गराउनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *