नेपाली कांग्रेसका भातृ संस्थाहरूले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौ  ।  नेपाली कांग्रेसका भातृ संस्थाहरूले आज  ७७ वटै जिल्लामा प्रदर्शन गर्ने भएको छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसको १३ वटै भातृ संस्थाको संयुक्त आयोजनामा ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको हो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज रातो प्रतिगमनविरूद्ध प्रदर्शन हुने बताएका छन्।

उनले पूर्वराजा ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते गरेको शेरबहादुर देउवा सरकारको विघटनलाई कालो प्रतिगमन र ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई रातो प्रतिगमन भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *