निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाका दुवै समूहका अध्यक्ष सहभागी नहुने

काठमाडाैँ । निर्वाचन आयोगले छलफलका लागि बोलाए पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका अध्यक्ष भने सहभागी नहुने भएका छन् । आयोगले दुवै समूहका अध्यक्ष आफैँ वा अध्यक्षले तोकेका अधिकारिक ५ जनालाई बोलाएको हो ।

आयोगले ५ जना सहभागी हुन भनेको तर आफूहरुले भने दुई जना कानुनविद्सहित ७ जना सहभागी हुने प्रस्ताव गरेको ओली समूहले जनाएको छ ।

ओली समूहबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल, दुई कानुनविद्सहित ७ जना छलफलमा सहभागी हुने तयारी छ ।

यस्तै आयोगको आग्रहअनुसार आफ्नो समूहबाट नेताहरु लीलामणि पोखरेल, राजेन्द्र पाण्डेलगायत नेताहरु सहभागी हुने प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओली समूहले कानुनविद्हरुसहित सहभागी हुने बताइएकाले कसरी सहभागी हुने भन्नेबारे अहिले आफूहरु छलफलमा रहेको नेता पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *