इङ्ग्लिस प्रिमियर लिगमा  लिभरपुल विजयी

काठमाडाैँ । इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ । गएराति भएको खेलमा लिभरपुलले टोटनह्याम हस्टपरलाई उसकै मैदानमा ३-१ गोल अन्तरले हरायो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।

जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । टोटेनह्याम १९ खेलबाट ३३ अङ्क जोडेर छैठौं स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *