काठमाडौँ । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ५ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको हो ।
प्रतिनिधिसभा विघटनको मुद्दामा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
त्यसैगरी, सर्वोच्चले चार जना पूर्वप्रधानन्यायाधीशलाई आफैं लिखित जवाफ लिएर उपस्थित हुन आदेश गरेको दिएको छ । सर्वोच्चले पूर्वप्रधान्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई सात दिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो ।
धनजित बस्नेत र लोचन भट्टराईको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश मनोज शर्माको एकल इजलाशले बिहीबार यस्तो आदेश दिएको हो । त्यस्तै, पूर्वसभामुख दमननाथ ढुंगालाई पनि लिखित जवाफसहित उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।
