USAID

अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ


काठमाडौँ । उखु किसानलाई भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् । उनलाई गएराति काठमाडौंकाे त्रिपुरेश्वरस्थित घरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको सिंहको भनाइ छ । उखु किसानले भुक्तानी नपाएको भन्दै काठमाडौंको माइतीघरमा झण्डै एक महिना लामो आन्दोलन गरेका थिए । सरकारले उखु किसानको भुक्तानी दिलाइदिने आश्वासन दिएपछि उनीहरु आन्दोलन स्थगित गरेर घर फर्किएका थिए ।

अग्रवाल उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा २०७५ कात्तिकमा पनि पक्राउ परेका थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *