बझाङमा हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ

बझाङ – बझाङमा हत्या आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । छबिस पाथिभेरा गाउँपालिका ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको विषयमा मङ्गलबार बेलुका सिंहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *