काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रम रोक्न माग गर्दैपठाएको छ।
निर्वाचनको मिति घोषणा भइसकेपछि पनि प्रधानमन्त्रीले विकासका योजनाहरू शिलान्यास गर्दै हिँड्नु कानुनविपरीत हुने भन्दै प्रचण्ड-नेपाल समूहले जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगमा पत्र पठाएको हो।
प्रधानमन्त्री ओलीले माघ १७ गते चितवनमा सिटी हल र पूर्व-पश्चिम राजमार्गको नारायणगढ-गोद्राङ सडकखण्डलाई ६ लेनको बनाउने योजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
‘निर्वाचन घोषणा भइसकेपछि सरकारकोतर्फबाट विकासका योजनाहरू शिलान्यास, उद्घाटन गर्दा निर्वाचन आचारसंहीता आकर्षित हुने हुँदा यस्ता कार्यक्रमहरू जिल्लामा हुन नदिन निर्वाचन कार्यालयको ध्यानाकर्षण गराइएको व्योहोरा अवगत गराइएको छ,’ जिल्ला अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेर बुझाएको पत्रमा उल्लेख छ।
जिल्ला निर्वाचन अधिकारी जनार्दन अघिकारीले ध्यानाकर्षण गराइएको पत्र प्राप्त भएको बताए। उनले पत्रबारे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगमा जानकारी गराइएको बताए।
‘मैले पत्रलाई स्क्यान गरेर निर्वाचन आयोगमा पठाएको छु, जिल्ला प्रशासनलाई पनि जानकारी गराएको छु,’ उनले भने, ‘तर उताबाट लिखितरूपमा कुनै जानकारी प्राप्त भएको छैन।’
आयोगको कानून शाखामा सम्पर्क गर्दा निर्वाचन आचारसंहीता लागू नभएको मौखिक जानकारी प्राप्त भएको उनले बताए।
