USAID

६ महिनाभित्र पार्टी एकता गराइछाड्छुः उपाध्यक्ष गौतम


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

बुधबार ललितपुरको धोबिघाटमा कार्यक्रम गरी उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनको निम्ति नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन् । आफू एकताको पक्षमा रहेको भन्दै गौतमले बुधबारदेखि औपचारिक रुपमै एकता अभियान घोषणा गरेका हुन् ।

उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । शीर्ष नेताहरु विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरु एकता भंग भएकोमा चिन्तित रहेको भन्दै उनले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरुलाई अघि बढाउने बताए । ६ महिनाभित्र पार्टी एकता गराइसक्ने उपाध्यक्ष गौतमले दाबी गरे । ६ महिना अघि नै एकता हुनसक्ने पनि उनको भनाइ छ ।

उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल र ओली पक्षधरलाई आफ्नो पक्षमा ल्याउने बताए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको पक्षमा फैसला गरेपनि आफूहरुले उक्त फैसलालाई शिरोधार्य गर्ने उनले बताए । वैशाखमा चुनाव भए राम्रो उम्मेदवार छानेर भोट हाल्ने भन्दै संसद पुनःस्थापना भयो भने पार्टी एकीकरण गराउन समय समेत प्राप्त हुने उनले बताए ।

उपाध्यक्ष गौतमले नेकपालाई विभाजन गर्न अध्यक्षद्धय ओली र प्रचण्डको बराबरी भूमिका रहेको बताए । पार्टी एकताको महत्वपूर्ण आधार नै आलोपालो भएको भन्दै गौतमले २०७५ मंसिर ४ गते अध्यक्ष प्रचण्डलाई कार्यकारी भूमिका दिएपछि पार्टी एकता गर्दाको सहमति अनुसार आलोपालो प्रधानमन्त्री प्रचण्डले छाड्नु नै पार्टी विभाजनको सुरुवात भएको बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *