काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समायोजन समिति सदस्यबाट राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका उनले केन्द्रीय समिति बैठकमा यसबारे जानकारी दिएका थिए ।
समितिलाइ तोकिएका कामहरू लगभग पूरा भएको भन्दै उनले तीन जिल्लाबाहेक ७४ जिल्लामा समायोजनका काम पूरा भएकाे जानकारी दिए । समायोजन बाँकी रहेका सिन्धुपाल्चोक, बारा र सप्तरीकाे विवाद हल गर्ने जिम्मेवारी आजको केन्द्रीय समितिले निर्वाचन समितिलाई दिएको छ ।
कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पनि पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समिति बनाएको थियो ।
