महिला लिगमा आर्मीमाथि एपिएफको शानदार जित

प्रज्जवल थापा । विभागिय टोली नेपाल एपिएफ क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबमाथि शानदार जित निकालेको छ । एन्फा कम्प्लेक्समा मंगलबार दिउँसो भएको खेलमा एपिएफले आर्मीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एपिएफको जितमा अन्जली योञ्जन र शरु लिम्बुले एक/एक गोल गरिन् । एपिएफले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको २७ औं मिनेट अन्जली योञ्जनले उत्कृष्ट गोल गर्दै एपिएफलाई खेलमा अगाडि बढाएकी थिइन् । पहिलो हाफको अन्तिम मिनेटमा सावित्रा भण्डारीले एकल प्रयासमा अगाडि बढाउँदै उपलब्ध गराएको क्रसमा सरु लिम्बुले गोल गर्दै एपिएफको अग्रता दोब्बर बनाइन् ।

आर्मीले एपिएफको पोस्टमा एउटा गतिलो आक्रमण गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । खेलको “क्विन अफ दि म्याच” एपिएफकी अनिता केसि घोषित भईन् । जितसँगै एपीएफ लिगमा लगातार तेस्रो जित निकाल्दै शिर्ष स्थानमा यथावत छ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *