चेल्सीद्वारा प्रशिक्षक लामपार्ड बर्खास्त

प्रज्जवल थापा । लण्डन क्लब चेल्सीले प्रशिक्षक फ्रान्क लामपार्डलाई बर्खास्त गरेको छ । मंगलबार क्लबले अफिसियल वेबसाइट मार्फत लामपार्डलाई बर्खास्त गरेको जानकारी दिएको हो ।

लामपार्डको प्रशिक्षणमा चेल्सीले लगातार खराब प्रदर्शन गरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो । चेल्सीले लिगको पछिल्लो ८ खेल मध्य २ खेलमा जित निकालेको थियो । यससँगै चेल्सीले प्रशिक्षकको रुपमा पिएसजीका पुर्व प्रशिक्षक टुचेललाई भित्र्याउने बलियो सम्भावना रहेको छ ।

चेल्सीकै पुर्व खेलाडी लामपार्डले आफ्नो खेल जिवनमा पाएको सफलतालाई प्रशिक्षकको रुपमा दोर्हाउन असफल रहे । उनले खेलाडीको रुपमा चेल्सीबाट १३ वर्ष खेल्दै ११ मुख्य उपाधी जितेका थिए । टिमो वर्नर, हकिम जियाच, काइ हार्भेट्ज र बेन चिलवेल जस्ता नाम चलेका खेलाडी भित्र्याएपनि चेल्सीले सोचेअनुरुप प्रदर्शन गर्न सकेन ।

हाल चेल्सी घरेलु लिगमा शिर्ष स्थानको म्यान्चेस्टर युनाइटेड भन्दा ११ अङ्कले पछि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *