महोत्तरीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

महोत्तरी । महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा सोमबार बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय गुड्डु नदाफ रहेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सोमबार बिहान ९ बजे सम्सीबाट गौशालातिर गइरहेको ना ८ ख ९८० नम्बरको टिपरले औरही नगरपालिका–४ कठुधारचौकस्थित सडकमा विपरीत दिशाबाट आइरहेको ज६प १४०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रमोद र पछाडि सवार गुडडुको घटनास्थलमै मृत्यु भएको हो । घटनापश्चात् स्थानीयवासीले शव सडकमा राखेर गौशाला– सम्सी सडकखण्ड जाम गरेका छन् भने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *