प्रचण्ड-नेपाल समूहद्वारा अर्को चरणको आन्दोलन घोषणा, २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन

काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रदर्शन लगायत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *