तारादेवी सम्मानबाट तीन स्रष्टा सम्मानित

काठमाडौं । तारादेवी स्मृति फाउन्डेसनले १५ औं स्मृति दिवसका अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ । सम्मानित हुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् । गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो ।

उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो । स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढकालले र स्व. परियारको सम्मान उनकी नातिनी मरिया परियारले ग्रहण गरेका थिए ।

उनीहरुलाई मेयर शाक्य, राज्यमन्त्री रामवीर मानन्धर, फाउन्डेसनका अध्यक्ष दीपक के. सी., नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले संयुक्त रुपमा सम्मान गरेका थिए । फाउन्डेसनकी उपाध्यक्ष वरिष्ठ अभिनेत्री भुवन चन्द थापा पनि त्यस क्रममा सहभागी थिइन् । सम्मानितहरुलाई जनही २५ हजार १ रुपैयाँ प्रदान गरिएको थियो भने दोसल्ला ओडाएर ताम्रपत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा बहालवाला सहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नियमित करीब ४ घण्टा २० मिनेट बढी लगातार गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकोमा विशेष सम्मान प्रदान गरियो । यसैगरी स्थानीय सेवामा उल्लेख्य काम गरेकोमा वडाध्यक्ष दीपक केसीलाई सम्मानित गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *