लन्डन । बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको रुपान्तरित स्वरुप (नयाँ प्रकारको कोरोना भाइरस०)धेरै खतरानाक रहेको प्रारम्भिक प्रमाणहरुले देखाएका छन्।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको बताएका हुन्। तर यसमा थप अनुसन्धानको खाँचो रहेको र खतराको तह स्पष्ट हुन बाँकी रहेको वैज्ञानिकहरुले बताएका छन्।
विकास भएका खोपहरुले नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने देखिएको अध्ययनले देखाएको छ। नयाँ प्रकारको कोरोना भाइरस तीव्र गतिमा फैलिने खालको छ। पछिल्लो अध्ययनले तीव्र गतिमा संक्रमण फैलिनेसँगै नयाँ प्रकारको भाइरसका कारण हुने मृत्युदर पनि अधिक हुन सक्ने देखिएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका हुन्।
