रानी र प्रमोदको ’चल्यो मायाको बतास’

गायिका डा. रानी शाक्यले चर्चित गायक प्रमोद खरेलसंगको सहकार्यमा युगल गीत ’चल्यो मायाको बतास’ ल्याएकी छन् । डान्सिङ शैलीको यस गीतको म्युजिक भिडियोमा नेपाली रजतपटका सदाबहार नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको नृत्य र अभिनय रहेको छ ।

गायिका डा. रानी शाक्यको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा हरि उप्रेतीको शब्द र विकास चौधरीको संगीत रहेको छ भने भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको क्यामेरा, माधव बेलबासेको सम्पादन रहेको छ भने भिडियोलाई पछिल्लो समयका चर्चित युवा निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *