कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सेरम इन्स्टिच्युटमा भीषण आगलागी

कोभिडविरुद्धको खोप उत्पादन गरिरहेको भारतको पुनेस्थित सेरम इन्स्टिच्युटमा भीषण आगलागी भएको छ । बिहीबार निर्माण कार्यको क्रममा आगलागी सुरु भएको बताइएको छ ।

भारतीय संचारमाध्यमका अनुसार अहिले आगलागी नियन्त्रणमा लिन दमकल सहित ठूलो संख्यामा अग्नी नियन्त्रकहरु खटिएका छन् । भारतको उक्त इन्स्टिच्युट विश्वकै सबैभन्दा ठूलो खोप उत्पादकको रुपमा चिनिन्छ । तर यस घटनाले कोभिशिल्ड खोप उत्पादनको काममा असर पुग्ने सम्भावना नभएको बताइएको छ ।

उक्त इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड विश्वविद्यालय र बेलायती स्वीडीस औषधि कम्पनी अष्ट्राजेनेकासँग मिलेर खोप उत्पादन गरिरहेको छ । जुन इन्स्टिच्युट पुनेस्थित एक सय एकड जमिनमा फैलिएको छ । आगलागी भएको मन्जरी कम्प्लेक्स खोप उत्पादन स्थलबाट केही मिनेटको दूरीमा पर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *