दुर्घटनाको आरोपबाट जोगिन नक्कली चालक खडा गरेको आरोप लागेका ६ जनालाई सफाइ

काठमाडौं । सवारी दुर्घटनासम्बन्धी आरोपबाट जोगिन नक्कली सवारी चालक खडा गरेको आरोपमा भ्रष्टाचार मुद्दा लागेका ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल असार २६ गते दर्ता गरेको मुद्दामा सबै चार प्रहरीले सफाइ पाएका हुन् ।
विशेषका अध्यक्ष प्रेमराज कार्की सहित सदस्यहरु नित्यानन्द पाण्डेय र चन्द्रबहादुर सारुको इजलासले इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीलगायत सई दामोदर भट्टराई, असई देवबहादुर थापा, हवल्दार बलबहादुर वलीलाई सफाइ दिएको हो ।
जीप हाँकेका सवारी धनी बोधराज पाण्डेलाई जोगाउन नक्कली सवारीचालक किशुना महतोलाई खडा गरी उनीमाथि सवारी ज्यानको मुद्दा दर्ता गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसी लगायतमाथि मुद्दा दायर गरेको थियो । अख्तियारले सवारीधनी बोधराज पाण्डे अनि उनको मुद्दा मिलाउन सहयोग गर्ने शालिकराम पाण्डे अनि नक्कली ड्राइभरको रुपमा खडा गरिएका किशुना महतोमाथि समेत मुद्दा दायर गरेको थियो ।
२०७६ साल वैशाख ११ गते राति पौने ११ बजे नवलपरासीको गैंडाकोटको भृकुटीचोकमा बोधराज पाण्डेले हाँकेको जीपले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार नन्दकली शर्माको उपचारका क्रममा मृत्यु भयो भने कमल शर्मा अंगभंग भइ हाल पनि उपचार गरिरहेका छन् । कान्तिपुर दैनिक

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *