दिल्लीले सन्दिपलाई रिलिज गर्ने

प्रज्जवल थापा । नेपाली क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछनेलाई दिल्ली क्यापिटल्सले रिलिज गर्ने भएको छ । इन्डियन प्रिमियर लिग(आईपिएल) क्लब दिल्लीले आज आधिकारिक रुपमा सन्दिपलाई फुकुवा गर्ने जनाएको हो ।

दिल्लीले सन्दीपसँगै किमो पाउल, एलेक्स केरी, जेसन रोय र मोहित शर्मालाई रिलिज गरेको छ् । सन् २०१८ मा न्युनतम मूल्य २० लाख भारुमा दिल्लीसँग अनुबन्धित भएका सन्दिपले ९ खेलमा १३ विकेट विकेट लिएका थिए । डेब्यु सिजनमा सन्दिपाले ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै उनले दोस्रो वर्षमा ६ खेल खेल्दै ८ विकेट लिएका थिए । यस संकरणको आईपिएलमा भने सन्दिपले मैदान उत्रिने मौका पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *