प्रतिनिधिसभा विघटनविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन देउवाको अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार देशभरका ६ हजार ७ सय ४३ वडामा हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी सभापति देउवाले असंवैधानिक कदमकाविरुद्ध हुने प्रदर्शनमा सहभागी हुन सभापति देउवाले अपील गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ । अब वडा स्तरीय प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *