USAID

पाँच सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य


काठमाडौं । सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार तोलामा पाँच सय रुपैयाँ ले उकालो लागेर ९२ हजार ५०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको तेजाबी सुन बुधबार ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै चाँदी तोलामा नै १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलामा एक हजार २४५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा बुधबार एक हजार २६० रुपैयाँमूल्य निर्धारण हुने भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *