USAID

अस्पताल भित्रै चिकित्सक कुटिए


काठमाडांै । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आईसियूमा उपचाररत वुटवलका एक बिरामीको मृत्यु पछि बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका छन् ।
निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२ वर्षे बिरामीको उपचारका क्रममा मंगलबार मृत्यु भएपछि आफन्तले उपचारमा संलग्न चिकित्सकमाथि कुटपीट गरेका हुन् ।
कुटपिटमा संलग्न ३६ वर्षीय कृष्णप्रसाद गौतमलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रहरी निरीक्षक पुप्प थापाले जानकारी दिए । अस्पतालको कोभिड आईसीयूमा कार्यरत आवासीय चिकित्सक डा. सविन भण्डारीमाथि आफन्तले गालीगलौज गर्दै कुटपिट गरेको प्रहरी निरीक्षक थापाले बताए । उनले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेर दुवै पक्षबीच छलफल भइरहेको बताए ।
अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार मृतक निमोनियाको बिरामी भएको र बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । तर उपचारको क्रममा भाइरल इन्फेक्सनको शंका लागेपछि इन्फ्लुएञ्जाको परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । इन्फ्लुएञ्जाको रिपोर्ट पनि नेगेटिभ आयो । पुनः पीसीआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि बिरामीलाई कोभिड आईसीयूमा सारिएको थियो ।
आईसीयूमा राखेर उपचार भइरहेको अवस्थमा बिरामीको मंगलबार बिहान ११ बजे मृत्यु भएको डा. दासले जानकारी दिनुभयो । मृतकका आफन्तले बिरामीलाई कोरोना नै नभएको भन्दै ड्युटीमा रहेका डाक्टरलाई हातपात गरेको उनको भनाइ छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *