मेस्सी दुई खेलको लागि प्रतिबन्ध

प्रज्जवल थापा । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले दुई खेलको प्रतिबन्ध बेहोर्ने भएका छन् । मेस्सीले गत आईतवार स्पेनिस सुपर कपको फाइनल खेलमा रातो कार्ड पाएका थिए ।

यससँगै अर्जेन्टिनी फर्वार्ड मेस्सीले कोपा डेल रे अन्तर्गत कोर्नेल्ला र ला लिगा अन्तर्गत इन्चेविरुद्वको खेल गुमाउने छन् । गत आईतबार बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग ३-२ गोल अन्तरले पराजित भएको थियो । अतिरिक्त समयमा पुगेको खेलको अन्तिमा मिनेटमा मेस्सीले विपक्षी खेलाडी एसिएर भिल्लालिब्रेलाई हातले हानेका थिए । जुन घटनालाई भिएआरमा हेरेपछी रेफ्रीले मेस्सीलाई सिधै रातो कार्ड दिएका थिए । यो मेस्सीले क्लब फूटबलमा पाएको पहिलो रातो कार्ड थियो ।

मेस्सीबिना बार्सिलोनाले खेलेको पाछिल्लो दुई खेलमा जित निकाल्न सकेको छैन । क्याल्टन क्लब मेस्सी बिना घरेलु लिगमा इबार र सुपर कोपाको सेमीफाइनलमा रियल सोसिडाडसँग बराबरी खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *