USAID

भ्याट छलीको अभियोगमा सुलभ ट्रेड कन्सर्नका सञ्चालकविरुद्ध मुद्दा दायर


काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल तयार गरी ६ करोड ५२ लाख १३ हजार ७२६ बराबरको ठगी गरेको अभियोगमा सुलभ ट्रेड कन्सर्नका सञ्चालक अमिरी ठाकुरविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागका अनुसार बारा विश्रामपुर–५ का ठाकुरले वस्तु तथा सेवा नै खरीद नगरी नक्कली बिल बीजक जारी गरेको पाइएको छ । विभागले आरोपी ठाकुरलाई बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *