USAID

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य बृद्धि

  • 1
    Share

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । निगमका अनुसार सोमबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ । यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *