दुई सय रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा सोमबार पनि झिनो ह्रास देखिएको छ । सोमबार छापावाला सुन तोलामा २०० रुपैयाँले घटेको छ ।

प्रतितोला ९१ हजार ८०० रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन आइतबार तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ९१ हजार १०० रुपैयाँमूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । चाँदी तोलामा एक हजार २३० रुपैयाँमा कारोवार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *