बलात्कारको आरोपमा एक पुरुष पक्राउ

सिमकोट । बलात्कार गरेको आरोपमा एक पुरुषलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ च्यादुक गाउँका फरक क्षमता भएका ४५ वर्षीय पुरुषलाई सोही गाउँकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

माघ १ गते च्यादुक गाउँमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीलाई उजुरी दिएपछि ती पुरुषलाई धारापोरी प्रहरीचौकीको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिमकोटमा पुर्याएको जिल्ला प्रहरी हुम्लाले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *