विश्वमा २ करोड ५१ लाख भन्दा बढी मानिसमा कोरोना भाइरसको सक्रिय संक्रमण

विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ३६ हजार ३ सयभन्दाबढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ९ करोड ४९ लाख ५० हजार ८४८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा १२ हजार ८६९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या २० लाख ३० हजार ९२० पुगेको छ । संक्रमितमध्ये हालसम्म ६ करोड ७७ लाख ७३ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् ।

हाल विश्वमा २ करोड ५१ लाख ४५ हजार ९९१ जना सक्रिय संक्रमित रहेका छन् भने १ लाख ११ हजार ६१४ जनाको अवस्था गम्भीर रहेको छ । कोरोनाबाट सबैभन्दा बढी संक्रमित अमेरिकामा २ करोड ४३ लाख ६ हजार ४३ जना रहेका छन् । यस्तै ४ लाख ५ हजार २६१ जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ५८ हजार ७१० पुगेको छ भने १ लाख ५२ हजार ३११ जना संक्रमितको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *