USAID

उत्तर कोरियाको शक्तिशाली पनडुब्बी सार्वजनिक


प्योंगयांग । उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ । सरकारी संचार माध्यमले यसलाई ‘ विश्वकै सबैभन्दा शक्तिशाली हतियार ’ को संज्ञा दिएको छ । सर्वोच्च नेता किम जोंग उनको उपस्थिती रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र पनि प्रदर्शन गरिएका थिए ।
अमेरिकी नव निर्वाचित राष्ट्रपति जोय बाइडेनले शपथ ग्रहण गर्नु केही दिन अघि उत्तर कोरियाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको हो । नाम मात्रको राजनीतिक बैठक बस्ने तथा अन्तर्राष्ट्रिय जगतबाट टाढिएको उत्तर कोरियाका किमले सिधै अमेरिका आफ्नो मुलुकको सबैभन्दा ठूलो शत्रु भएको दावी गर्ने गरेका छन् ।
किम इल सुंग चोकमा आयोजित सैनिक परेडमा स्थल सेना , टैंक र अन्य वख्तरबन्द गाडी , क्षेप्यास्त्र तथा ‘ पुकगुकसोंग ’ नामक यस नयाँ पनडुब्बी प्रक्षेपक प्रदर्शनलाई किमले निकै प्रसन्न मुद«ामा अवलोकन गरेका थिए ।
उत्तरकोरियाको परमाणविक हतियार विकास कार्यक्रम नियन्त्रणका लागि विगतमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमसंग दुई पटक भेटवार्ता गरेका थिए । तर सिंगापुर र भियतनामको राजधानी हनोइमा भएका ती बैठकले खासै ठोस उपलब्धि दिन सकेको थिएन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *