USAID

ससुराली घरमा आगजनी गरेर ज्वाइँ फरार


बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१८ परासी टोलमा शनिबार बिहान एक ज्वाइँले ससुराली घरमा आगो लगाएका छन् । स्थानीय कृष्णदेवी कुर्मीको फुसको घरमा उनकै बहिनीज्वाइँ वीरगन्ज महानगरपालिका–२८ बगहीका ३३ वर्षीय धीरेन्द्र पटेलले पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बिहान २ बजे आगो लगाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आगजनीबाट घरभित्र राखिएको २० हजार नगद तथा लत्ताकपडा, भाडाकुँडा, अन्नपात जलेर नष्ट हुँदा करिब ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रलेजानकारी दिए । स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
अगजनीको खास कारण अझै पत्ता लागिनसकेको भए पनि शुक्रबार बेलुका सासू कृष्णदेवीसँग घरायसी विषयमा सामान्य विवाद परेको र मादक पदार्थ सेवनी गरी आएका पटेलले सोही निहुँमा आगजनी गरेर फरार भएको प्रहरी उपरीक्षक मिश्रले बताए ।
पटेलको खोजतलास भइरहेको र नियन्त्रणमा लिएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उनको भनाइ छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *