प्रज्जवल थापा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने राष्ट्रिय महिला लिगको खेल तालिका सार्वजानिक भएको छ ।
एन्फाले शनिबार सार्वजानिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । उद्घाटन खेल दशरथ रंगशालामा माघ ७ गते हुनेछ ।
प्रतियोगितामा चौदण्डीगढी नगरपालिका, त्रिभुवन आर्मी क्लब, न सशस्त्र प्रहरीको एपीएफ क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र नेपाल पुलिस क्लब गरी ७ वटा टिमको सहभागिता रहनेछ ।
माघ ७ गतेबाट सुरु हुने प्रतियोगिता फागुन ७ गतेसम्म चल्नेछ । डबल राउण्ड रोविन अनुसार खेलाइने लिगको विजेताले १५ लाख रुपैयाँ पाउनेछ ।
तस्बिर:- एन्फा