USAID

कपिलवस्तुमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ५०७५ नम्बरको ट्रकले गएराति चैनपुर स्वर्गद्वारी गेट अगाडि ठक्कर दिँदा शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए । तराईमा बाक्लो हुस्सु लागेकाले गति सीमित गरी सवारी चलाउनसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *