मुद्दा मिलाइदिने भन्दै रकम माग्ने पक्राउ

काठमाडौं । मुद्दा मिलाई दिन्छु भनी ९० हजार घुस लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार बिहान साढे सात बजेको समयमा काठमाडौं महानगर वडा नम्बर १५ स्वयंभुबाट मकवानपुरको टिष्टुङ पालुङका चन्द्र लामा भन्ने बुद्धिवहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानले महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाईदिन्छु भनि पीडितपक्षसँग ९० हजार रुपैयाँ माग गरेका थिए । उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *