USAID

हुण्डीको रकम सहित २ युवा पक्राउ


 

लहान ।हुण्डी गर्न लान लागेको नौ लाखभन्दा बढी रकमसहित प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका– १ कचनारीबाट दुई युवालाई पक्राउ गरेको छ। पक्राउपर्नेमा बरियारपट्टि गाउँपालिका– २ खोक्सी निवासी मोहमद सगीर मियाँ र मेहदी मन्सुर रहेका छन ।

भारतबाट नेपालतर्फ आउँदै गरेको स८प ९६१४ नंको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली नौ लाख ३९ हजार ९१५ नगदसहित दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय महेशपुरपतारीमा राखी थप अनुसन्धान भइरहेको उहांले जानकारी दिनुभयो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *