आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुससहित पक्राउ

काठमाडौँ । आन्तरिक राजश्व कार्यालय, बालाजुका कम्प्युटर अपरेटर ४३ हजार घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले अपरेटर राजन शर्मा र टिमुर किचन रेष्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई पक्राउ गरेको हो ।

शर्माले टिमुर किचन रेष्टुरेन्ट ढुंगेधारा, बनस्थलीका संचालक थापा मगरसँग कर तिर्न सहजिकरण गरिदिने भन्दै ४३ हजार घुस माग गरेका थिए । सोही घुस रकम लेनदेन गरिरहेको अवस्थामा अख्तियारले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूलाई बालाजुस्थित आन्तरिक राजश्व कार्यालय परिसरबाट पक्राउ गरेको हो ।

४३ हजार रुपैयाँ घुस लिदै गरेको सुचनाको आधारमा शर्मा र थापामगरलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । उनीहरूमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको अधिकारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *