काठमाडौं । काठमाडौं महानगरले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने भएको छ ।
काठमाडौं महानगरका ठूला योजनाका विषयमा कार्यपालिका सदस्यहरुलाई जानकारी दिने क्रममा मेयर विद्यासुन्दर शाक्यले राजधानीको ६० किमि सडकमा आधुनिक बत्ती जडान गर्न लागिएको जानकारी दिए ।
‘महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको जानकारी दिए ।
यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिन सक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आव्हानको चरणमा पुगिसकेको छ मेयर शाक्यको भनाई छ ।
महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने छ ।
६० किमि सडकमा आधुनिक बत्ती जडान गरिने
