USAID

थप ३६२ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु, ६९९ जना संक्रमणमुक्त

  • 2
    Shares

काठमाडौं । नेपालमा थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६४५२१ पुगेको छ ।

त्यसैगरी शनिबार थप ६९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २५७९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १९१२ पुगेको छ । क्वारेन्टाइनमा २६२ जना छन् भने आइसोलेसनमा ४६८१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *