टोखामा एक दम्पतिको शव फेला

काठमाडौं । राजधनीको उत्तरी भेगमा रहेको टोखा बजारमा भाडामा बस्दै आएका एक दम्पतिको शव फेला परेको छ । सुर्खेत घर भई टोखा बस्दै आएका ३३ वर्षका उमेश केसी र उनकी श्रीमती ३३ वर्षकै सुदीक्षा गिरीको शव कोठामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सुदीक्षाको शव झुण्डिएको र उमेशको शव बिस्तारामा पल्टेको अवस्थामा फेला परेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए । उनका अनुसार उमेशको शरीरमा चोटपटक लागेको छ। घटनास्थलमा रगत लागेको सिलौटो समेत भेटिएकाले उमेशको हत्यापछि सुदीक्षाले झुण्डिएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *