USAID

आज ओसासुना र रियल म्याड्रिड भिड्दै

  • 74
    Shares

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिडले ओसासुनाको भ्रमण गर्दैछ । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

रियल म्याड्रिड आजको खेल जित्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । हाल रियल म्याड्रिड १७ खेलमा ३६ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा छ । म्याड्रिड आफ्नो पछिल्लो ८ खेलमा अपराजित छ । म्याड्रिडले पछिल्लो खेलमा सेल्टा भिगोलाई २-० गोलले पराजित गरेको थियो ।

यता ओसासुनाले भने लिगको पछिल्लो १० खेलमा जित निकाल्न सकेको छैन । हाल ओसासुना १६ खेलमा १४ अङ्क जोड्दै लिगको पुछारबाट दोस्रो स्थानमा छ । दुई टोलीबिच भएको पछिल्लो १३ खेलमा ११ खेल रियलले जित्दा १ खेल ओसासुनाले आफ्नो पोल्टामा पारेको थियो ।


  • 74
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *